
काठमाडौँ , २२ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
मंगलबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे