
काठमाडौं २० चैत | पृथ्वी राजमार्गमा ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो ।
युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो । ट्याङ्कर पल्टिँदा एक पुरुषको घटनास्थलमानै मृत्यु भएको छ भने ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् ।
घाइते मध्य एकको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा र अर्का एक जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे