
काठमाडौं ,१९ चैत । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको आज ६ सयले घटेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे