
काठमाडौँ, ३० फागुन । यो साताको दुबै कारोबारमा उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर १ हजार ९५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।
यसदिन २५५ वटा कम्पनीको ३३ लाख १८ लाख कित्ता शेयर १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छन् । आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको बजारमा बाँकी सबै समूहको शेयर झिनो अङ्कले बढ्यो ।
यसदिन सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रो कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र कृषि विकास बैंकको शेयर झन्डै ४ प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे