
काठमाडौं, फागुन २३ ।नेपाल शैक्षिक परामर्श संघ ईक्यान ललितपुरले आफ्नो छैठौ वार्षीक वनभोज कार्यक्रम नर्लिंग रिसोर्ट मुलपानीमा सम्पन्न गरेको छ ।
शैक्षिक परामर्श व्यवसायी, अन्तराष्ट्रीय शैक्षिक संस्थाका प्रतिनिधि र शुभचिन्तक हरुको बिचमा शुभकामना आदानप्रदान गरि हर्षोउल्लासका साथ वनभोज कार्यक्रम सम्पन्न भएको ललितपुर र्ईक्यानका अध्यक्ष उपेन्द्र देव ढकालले जानकारी गराउनुभयो ।
नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले वनभोज कार्यक्रमको उपलक्ष्यमा सम्पुर्ण ललितपुर ईक्यानियनहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो ।
उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्कम खेलकुद प्रतियोगीता समेत आयोजना गरिएको थियो ।
कार्यक्रमलाई रिज इन्टरनेश्नल कलेज मेलबर्न, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी सिड्नी, अष्ट्रेलियन इन्सुरेन्स सभिर्स अलाएन्स र सेन्ट्रल अष्ट्रेलियन कलेज मेलबर्नले सहयोग गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे