
काठमाडौँ, फागुन १९ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेका छन् ।भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन्।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको र त्यस्ता खालका गतिविधि सहन नसकिने उपसभामुख रानाले बताइन्।पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो ।
रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको र आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको आरोप लगाइन्। आफू अन्याय र विभेद सहन नसक्ने मान्छे रहेको उनले बताइन् साथै आफूलाई ३६ हजार निवास भाडा दिइएको छ तर आफू ४४ हजार तिरेर बसेको पनि उल्लेख गरिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे