
काठमाडौँ, फागुन १९ | उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज शुक्रबार कतारको दोहा जाँदैछन् । कतारको दोहामा हुन लागेको अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन उनी दोहा जान लागेका हुन ।सम्मेलन यही फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ ।
मन्त्रालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा सम्बोधन गर्नुका साथै विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको मन्त्रालयका अनुसार ले जनाएको छ।
राष्ट्रसङ्घीय सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठ का साथै नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूत पनि सहभागि हुँदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे