
काठमाडौँ, १८ फागुन । सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी प्रतितोला १ हजार २७० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे