
काठमाडौँ, १७ फागुन । हिजो मंगलबार सामान्यघटेको शेयर बजार आज बुधबार उच्च अंङ्कले घटेको छ । हिजो सोमवार झन्डै ४ अङ्कले घटेको शेयर बजार आज झण्डै साढे २४ अङ्कले घटेको हो । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ३५ अङ्कले घटेर १ हजार ९९५ दशमलव ५८ विन्दुमा झरेको छ ।
यसदिन २५७ वटा कम्पनीको ३६ लाख ७१ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन सबैभन्दा धेरै अपर तामाकोशीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज बोटलर्स नेपाल कम्पनीको शेयर सर्वाधिक धेरै ९ दशमलव ६१ प्रतिशतले घटेको छ त्यस्तै, सिवाईसी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, उपकार लघुवित्त तथा एनआईसी एसिया लघुवित्तको शेयर ५ प्रतिशत भन्दा बढिले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे