
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमा हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन सुरु भएको भन्दै त्यसलाई रोक्न गरेको आग्रहको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘केही घटनाक्रमले मलाई झस्काएको छ । राष्ट्रपति चयन राष्ट्रिय सहमतिमा हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले एमसीसी विकास योजनासँग जोडिएकोले पास गरेको बताउँदै त्यसपछि आएको एसपीपीलाई लडेर रोकेको दाबीसमेत गरे ।
जनमोर्चा अध्यक्ष केसी लगायतको टोली विभिन्न माग राखी शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो ।
फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मेचीमा लगेर राष्ट्रिय स्वाभिमान अभियान चलाएका थिए । प्रधानमन्त्रीले त्यसलाई रहस्यपूर्ण रहेको बताएका छन् ।
अध्यक्ष केसीले राष्ट्रपतिमा अहिले लिएको अडान कायम राख्न सुझाव दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे