
काठमाडौं, ०४ फागुन । संसदीय अभ्यास गर्दै आएको कैलालीको कैलारी गाउँपालिकाले आफ्नो हिउँदे अधिवेशनबाट ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को हिउँदे (विधेयक) गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले विधेयक मस्यौदा पेश गरेका हुन् ।
बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति सञ्चालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।
प्रस्तुत गरिएको विधेयकमाथि दफावार अध्ययन छलफल गरी आगामी फागुन १२ गते बस्ने बैठकबाट पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष बमले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे