
काठमाडौँ, २७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थीरताको दुष्चक्रमा फस्न लागेको संकेत गरेका छन् । हिजो सुदुर पश्चिम प्रदेश सरकार एक महिनामै ढलेपछि सामाजिक सञ्जाल मार्फत यस्तो संकेत गरेका हुन् ।
‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण, सू प प्रदेश सरकार पतन इ।घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ, ‘भट्टराईले भनेका छन् ।’
उनले आउँदो फागुन २६ गते हुन गईरहेको राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्ने आकलन गरेका छन् ।
‘अर्थतन्त्रका गम्भीर संकट छदैछन्।भूराजनीति अरू तात्दैछ, ‘उनले भनेका छन् ।’
भट्टराईले अब पनि द्वन्द कि सहमतिको बाटो रोज्ने भन्दै प्रश्न गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे