
काठमाडौँ , माघ २६ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार हिजो प्रतितोला एक लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ सय रूपैयाँले बढेर एक लाख ४ हजार ९ सय रूपैयाँ तोकिएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै , आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला ५ बढेर १ हजार ३२० रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे