
काठमाडौँ, २३ माघ । साताको दोस्रो दिन आज सोमवार पनि शेयर बजार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ६२ अङ्कले बढेर २ हजार १ सय दशमलव ७१ विन्दुमा पुगेको छ ।
यसदिन २५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।
आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत र मिथिला लघुवित्तको शेयर साढे ५ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे