
काठमाडौँ २२ माघ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजारले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक लाख छ हजार एक सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख चार हजार एक सय तोकिएको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार छ सय छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे