
काठमाडौँ ,१९ माघ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पक्राउ गरिएको हो ।
उनले ८ वटा बिस्कुटजस्ता पाेका बनाइ सुन प्याक गरेर छिपाएर ल्याइएका थिए । पक्राउपछि प्रारम्भिक बयानका क्रममा उनले नेपालमा सुन ल्याउनु गैरकानुनी रहेकाे कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
उनलाई विमानस्थल भन्सारले गौशला प्रहरीलाई जिम्मा लगाएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे