
काठमाडौँ, १८ माघ । शुभम् पावर लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलागरेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे