
काठमाडौँ, १३ माघ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आजबाट सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।
जारी पुँजी रु एक अर्बको ३४ प्रतिशत बराबरको ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।
बाँकी १९ लाख ९२ हजार कित्ता शेयर प्रतिकित्ता रु एक सयका दरले सर्वसाधारणलाई निष्काशन गरिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई ुइक्रा एनपी आरआर बीबी माइनसु रेटिङ प्राप्त भएको छ।आफ्नो खाता रहेको बैंकको शाखा वा अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे