
काठमाडौं , माघ ११ । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रूपैयाँले घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे