
काठमाडौँ, २९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शुक्रबार काठमाण्डौँमा बसेको सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन पारित गरेको छ ।
बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ ।
बैंकले आ. व २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले बृद्धि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको जनाएको छ ।
बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकको नीति अनुरुप मिनिङफुल मर्जरका लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे