
काठमाडौँ ,१२ पुस | कैलाली प्रहरीले एक लाख ४२ हजार नक्कली नोट, वन्यजन्तुको हड्डी र जडीबुटीसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूबाट १४२ थान एक हजार दरको नक्कली नोट, बाघको हड्डी जस्तो देखिने वन्यजन्तुको हड्डी पाँच किलो ५३० ग्राम र जडीबुटी बरामद गरिएको छ ।
पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका–१ का ५० वर्षीय मोहन बोहरा , १९ वर्षीय टेकेन्द्र धामी , चुरे गाउँपालिका–६ का ५५ वर्षीय लालबहादुर साउँद,डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करणसिंह धामी , दार्चुलास्थित लेकम गाउँपालिका–६ का ३३ वर्षीय लीलाधर मिश्र रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे