
काठमाडौं , १२ पुस ।आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो । आज २ सयले बढेको छ
तेजावी सुन प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे