काठमाडौँ , ११ पुस |हमदर्द ल्याबोरेटोरिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।
सन् १९०६ मा स्थापित हमदर्दले विश्व प्रतिष्ठित ब्रान्ड र हर्वल उत्पादनमा आफुलाई केन्द्रित गर्दै आएको छ ।
कम्पनीका विभिन्न उत्पादनहरुमा नेपालीमाझ सहज रुपमा पुर्याउनका लागि नेपाली बजारमा ल्याइएको बताइएको छ ।
शनिबार आयोजित कार्यक्रममा कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले भने, ‘विश्व प्रख्यात युनानी पद्धतिमा आप्mनो आइएसओ २२०००-२००५, एचएसीसीपी र जीएमपी सर्टिफाइड हमदर्द युनानी ब्रान्ड विश्व कै उत्कृष्ट ब्रान्डको रुपमा परिचित छ ।’
हमदर्द ल्याबोरेटोरिज इन्डियाका सीओओ, सीपीपीओ र सीएमओको समेत उपस्थितिमा लाइफ केयर डिस्ट्रिब्युटर र प्लानेट हेल्थकेयरले नेपाली बजारमा ल्याइएकाले यसलाई महत्वका साथ हेरिएको छ हमदर्दका ६ किसिमका उत्पादनहरु नेपालमा बजारमा ल्याइएको छ ।
उत्पादनहरुमा रोघन बदाम शिरिन, कलोंन्जी तेल, प्याजको तेल, रोघन अमला सदा, आर्क गुलाब र लिक्विरब रहेका छन् ।
रोघन बदाम शिरिनः भिटामिस इको प्राकृतिक स्रोत भएको, सतप्रतिशत मीठो बदामबाट बनेको यो शुद्ध तेलले छाला र कपाललाई मोइस्चराइज गर्दछ ।
यसले प्राकृतिक रूपमा कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्दछ तथा सबै उमेर समूहका लागि उपयुक्त छ ।
कलोंन्जी तेल ः सत प्रतिशत शुद्ध कलोंन्जी तेलले फ्री रेडिकलहरूलाई प्राकृतिक रुपमा काम गर्न मद्दत गर्दछ ।
यसको प्रयोग, कपाललाई लामो र बलियो बनाउन मद्दत गर्ने तत्वको रूपमा प्रयोग गरिन्छ ।
कलोन्जीको तेलले शरीरलाई फ्री रेडिकलको खराब प्रभावबाट मुक्त गराउने सँग सम्बन्धित छ र नियमित रूपमा प्रयोग गर्दा छाला र कपालको गुणस्तरमा सुधार ल्याउँछ ।
अनियन आयलः प्याजको बीउबाट यो शुद्ध सूत्र तयार हुन्छ । प्याजको तेल सल्फरको प्रचुर स्रोत हो । जसले कपाल टुट्न, टुक्रा टुक्रा हुने र पातलो हुनबाट रोक्छ ।
यसले नेचुरल कन्डिस्नरको रूपमा काम गर्छ जसले तपाईंको टाउकोमा सुख्खापन रोक्छ र चाँयालाई नियन्त्रण गर्छ ।
यसले कपालको फोलिस्लेसमा रगत आपूर्ति पनि बढाउँछ, जसले कपालको वृद्धिमा सुधार गर्छ । रोघन अमला सदाः यो एक प्रभावकारी शुद्ध जडीबुटी तेल हो जसको प्रयोगले कपाललाई लामो समयसम्म कालो बनाई राख्न मद्दत पुर्याउँछ् ।
यसले कपाललाई चम्किलो बनाउन मद्दत गछ, कपालको रंग फेरिनबाट रोक्छ र कपालको वृद्धिलाई सहयोग पुर्याउँछ ।
आर्क गुलाबः हमदर्द आर्क गुलाब ताजा गुलाबको फूलबाट बनेको शुद्ध गुलाब पानी हो ।
यसलाई बनाउन प्रयोग गरिने स्टिम डिस्टिलेसन प्रोसेसले यसलाई उच्च स्तरको स्वच्छता र अतुलनीय शुद्धता सुनिश्चित गर्दछ । यसले शरीरमा उत्साहजनक प्रभाव पार्छ ।
नियमित प्रयोगले छालालाई कोमल बनाउनुका सथै सदैब ताजा बनाइ राख्छ । लिक्वरब ः यो एक अत्यधिक प्रभावकारी समिश्रण हो जसले छाती वा नाकको कन्जेसन, टाउको दुखाई र मांसपेशी दुखाइबाट छिट्टै राहत दिन्छ । यसमा पुडिना समावेश छ, जुन एक स्थानीय एनेस्थेटिक हो जसले जोर्नीहरू सुनिनुबाट मुक्ती प्रदान गर्दछ ।
गौल्थेरिया तेल मांसपेशी दुखाइको उपचारको लागि एनाल्जेसिक र रुबेफेसेन्ट तयारीहरूमा प्रयोग गरिएको छ ।
यसमा पेपरमिन्ट तेल पनि छ जुन चिलाउने, मांसपेशी दुखाई र टाउको दुखाईबाट राहतको लागि प्रयोग गरिन्छ । यो एक प्राकृतिक पीडा राहत तेल हो जसको प्रयोग र प्रभावले विभिन्न दुखाई अवस्थाको दीर्घकालिन समाधान दिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे