
काठमाडौँ ,८ पुस | नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । हिजो प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोवार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे