
काडमाडौँ , २९ मंसिर| राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।रवि लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गर्दै रिट दायर गराएका हुन् ।
रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथग्रहण नगर्न/नगराउन तथा सो हैसियतले कामकाज नगर्न/नगराउनसमेत अन्तरिम आदेशको माग गरिएको छ। सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता विमल पौडेलले त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको जनाएका छन् ।
लामिछानेबिरुद नेपाली नागरिकता परित्याग नगरी अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता तथा राहदानी कायमै रहेका बेला पुरानै नेपाली नागरिकताका आधारमा नेपालको राहदानी लिएको आरोप छ।
प्रहरीले लामिछानेको नागरिकता विवादबारे अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे