
काठमाडौँ, २८ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्यको बढेको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाखमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजारले बढेर एक लाख एक हजार रुपैयाँ पुगेको हो ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे