
काठमाडौँ, २५ मंसिर । साताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अङ्कले घटेर १ हजार ८८५ दशमलव ३१ विन्दुमा झरेको छ ।
यसदिन ३५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता शेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ । यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै नदिप लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे