
काठमाडौँ ,२३ मंसिर | आज नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय रुपैयाँ रहेको छ ।
बिहीबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो। हिजोको तुलनामा आज छ सय रुपैयाँले बढेको हो ।
तेजाबी सुनको प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।
त्यस्तै चाँदीको मूल्य आज प्रतितोला ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे