
काठमाडौँ ,१८ मंसिर | प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ नेकपा (एमाले) ले आफ्नो अग्रता कायमै राखेको छ । एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ । आइतबारसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार १२५ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ ,राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ , जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे