
काठमाडौँ , १६ मंसिर | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान प्रहरीले आजबाट सुरु गरेको छ।
चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता अवैध रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि पुनः त्यही नागरिकता प्रयोग गरेको भन्दै लामिछानेको नागरिकताको विषय उजूरी परेको हो।
गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे