
काठमाडौँ ,१५ मंसिर | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन्।नेपाल प्रेस युनियन चितवनले आज गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले आफूले प्रधानमन्त्री पाउनुपर्ने स्वभाविक माग भएको बताए ।
उनले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला रहेकाले आफू प्रधानमन्त्री हुने विचार व्यक्त गरे ।
नयाँ सरकार बाम लोकतान्त्रिक गठबन्धनकै हुने र त्यसको नेतृत्व आफूले गर्ने दाबीका साथै नयाँ राष्ट्रपतिको बारेमा भने टुङ्गो नलागेको स्पष्ट पारे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे