
काठमाडौँ ,१५ मंसिर | विवादकै कारण स्थगित दोलखाको १० वटा मतदान केन्द्रमा भने आज ( बिहीबार) मतदान हुँदैछ ।विवादका कारण स्थगित दोलखाको विभिन्न १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय र निर्देशनबमोजिम पुनः मतदान हुन लागेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । समितिले मङ्सिर १३ गते मङ्गलबार प्रतिवेदन बुझाएपछि दुई दिनसम्म आयोग पदाधिकारीबीच पुनः मतदान गर्ने विषयलाई लिएर छलफल भएको थियो ।
दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे