
काठमाडौँ ,१४ मंसिर | निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा नेकपा एमालेले समानुपातिकतर्फ पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको छ ।
नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार २२८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार ९१२ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख दुई हजार ७७१ मत प्राप्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे