
काठमाडौँ, १४ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ।
निर्वाचन आयोगले जारी गरेको समानुपातिक तर्फको पछिल्लो मतपरिणाम अनुसार १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख ४ हजार मत प्राप्त गरेको हो ।
पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख २० हजार, नेपाली कांग्रेसले २५ लाख ८५ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार मत प्राप्त गरेको छ । राष्ट्रिय पार्टी बन्नका नेकपा एले अझ कम्तिमा २० हजार मत ल्याउन पर्नै हुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे