
काठमाडौँ, १३ मंसिर । आज मङ्गलवार शेयर बजार सामान्य बढेको छ । हिजो सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर १ हजार ९५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।
यसदिन २३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ९ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे