
काठमाडौँ, १३ मंसिर | सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं। ४ का नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्रुटि भएको भन्दै पुनः मतगणनाको माग गर्दै मतगणना स्थगित भएको थियो ।
आज मंगलबार बिहान बसेको सर्वदलीय बैठकले मतगणनालाई निरन्तरता दिने सहमति जनाएको छ ।विवाद भएको ठाउँबाटै अगाडि बढाउने सहमति भएको छ । शंका लागेको ठाउँको सीसीटिभी फुटेज हेरेपछि मतगणनालाई निरन्तरता दिने सहमति भएको हो ।
यस क्षेत्रमा हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे