
काठमाडौँ, मङ्सिर १३। प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।
जस अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार चार सय ६६, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन ,नेकपा(माओवादी केन्द्र)ले ११ लाख चार हजार आठ सय ३३ मत मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ , राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ ।जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे