• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २१, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित

२९ मिनेट अघि
२

सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक

१ घण्टा अघि
३

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

१ घण्टा अघि
४

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२ घण्टा अघि
५

मन्त्रिपरिषद् बैठक बस्दै

२ घण्टा अघि
६

‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र

२ घण्टा अघि
७

प्रधानमन्त्रीको भारत भ्रमण भयो भने लिपुलेकबारे हाम्रो अडान र परिणामको प्रतिक्षामा छु: गोकुल बास्कोटा

२ घण्टा अघि
८

लिपुलेकमार्फत कैलाश यात्रा विषयमा सरकारको कूटनीतिक आपत्ति

२ घण्टा अघि
९

भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

२ घण्टा अघि
१०

भूमिहीनको पहिचान र व्यवस्थापन सुरु, सुरक्षित बसोबासको व्यवस्था गरिने छ:प्रधानमन्त्री बालेन

२ घण्टा अघि
११

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

२0 घण्टा अघि
१२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ साल अघि)

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

  • 3,228 Views
  • मुस्ताङ , १३ मंसिर | मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ।मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि एक सय ३० रुपैया भएको छ। सरदर प्रतिकिलो एक सय १० रुपैयाका दरले स्याउ बिक्री भएको कृषकले बताएका छन्।

    जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख रुपैया हुन आउँछ। कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८।५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए।‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो।’

    कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ। मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ। क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए।

    यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ। मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ। जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन्।

    यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ। नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए। फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन्।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन्। कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ। बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन्। भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन्।

    समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ। मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ।

    उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ। मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन्। साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन्। स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन्।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राज्यव्यवस्था समितिको बैठक अन्तिम समयमा स्थगित
    २९ मिनेट अघि

  • २

    सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक
    १ घण्टा अघि

  • ३

    सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न
    १ घण्टा अघि

  • ४

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    २ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद् बैठक बस्दै
    २ घण्टा अघि

  • ६

    ‘चुच्चे नक्सा’पछि पनि यथास्थिति कायम,भारतको वक्तव्यबाजी तीव्र
    २ घण्टा अघि

  • ७

    प्रधानमन्त्रीको भारत भ्रमण भयो भने लिपुलेकबारे हाम्रो अडान र परिणामको प्रतिक्षामा छु: गोकुल बास्कोटा
    २ घण्टा अघि

  • ८

    लिपुलेकमार्फत कैलाश यात्रा विषयमा सरकारको कूटनीतिक आपत्ति
    २ घण्टा अघि

  • ९

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह
    २ घण्टा अघि

  • १०

    भूमिहीनको पहिचान र व्यवस्थापन सुरु, सुरक्षित बसोबासको व्यवस्था गरिने छ:प्रधानमन्त्री बालेन
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ४

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ५

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ६

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution