
काठमाडौँ, १२ मंसिर । रवि लामिछारास्वने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनाअनुसार रास्वपाले १० लाख ६४ हजार २५२ मत पाएको छ ।
समानुपातिक तर्फ ठुलो दल मानिएका र सत्ता गठबन्धनसहित निर्वाचनमा होमिएको माओवादी केन्द्रलाई चौथो स्थानमा छ । नेकपा एमालेले २५ लाख ३८ हजार ३४१ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ०२ हजार ९८८ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख ६६ हजार ६४१ मत पाएर तेस्रो भएको छ । जारी मतगणनाअनुसार सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९३३ मत ल्याएर पाचौं स्थानमा रहेको छ।
त्यस्तै जसपाले ३ लाख २७ हजार ९१० मत पाएर छैठौं, त्यसैगरी एकिकृत समाजबादी पार्टीले २ लाख ५२ हजार ६९८ मत पाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे