
काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व सभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी हनु भएका नेम्वाङले ३० हजार २० मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे