
काठमाडौँ, ८ मंसिर। गोरखा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी हुनुभएको छ । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी हुनुभयो । बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याउनु भयो भने एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ । गोर्खा २ मा एमाले तेस्रो भएको छ ।
अघिल्लो पटक चितवनबाट निर्वाचित प्रचण्डले यस पटक गोरखा पुगेर उम्मेदवारी दिनुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे