
काठमाडौँ , ७ मंसिर | राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको शुरुवात भइसकेको बताएकी छन्।गौतमले आफ्नो क्षेत्रका मतदाताहरू चेतनशील भएको बताएकी छन् ।
निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भनिन् ,‘परिवर्तनको शुरुवात भइसक्यो अब कोही पनि आत्तिनुपर्ने छैन’ । ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । यहाँबाट निर्वाचित भइसकेपछि कोही राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । अब यस क्षेत्रले फेरी केही नयाँ पाउनेछ,’ उनले भनिन् ।
उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन्। उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे