
काठमाडौं , ५ मंसिर | काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
काठमाडौँको कुन क्षेत्रको कहाँ हुदैछ ?
क्षेत्र नम्बर १ : सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर
क्षेत्र नम्बर २ : कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली
क्षेत्र नम्बर ३ : गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल
क्षेत्र नम्बर ४ : बूढानीलकण्ठकाे चपलीमा रहेको जेष्ठ नागरिक भवनमा
क्षेत्र नम्बर ५ : टोखाको श्रीसमाज भवन
क्षेत्र नम्बर ६ : तारकेश्वरको धर्मस्थली
क्षेत्र नम्बर ७ : बालाजु ७ को जुडो हल
क्षेत्र नम्बर ८ : स्वयम्भूको गीतामाता स्कुल
क्षेत्र नम्बर ९ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन
क्षेत्र नम्बर १० : त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे