
काठमाडौँ मंसिर ४ | विश्वकप अर्थात् फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल आज (आइतबार) बाट कतारमा सुरु हुँदै छ ।चार वर्ष पछि हुन लागेको लागेको विश्वकप विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडीहरु सहभागी हुँदै छन् ।
उद्घाटन खेलमा आयोजक कतारले लेटिन अमेरिकी प्रतिद्धन्दी इक्वेडरसँग खेल्ने भएकाे हाे । यो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने भएकाे छ । विश्वकपका लागि उत्कृष्ट रुपमा छनौट भएका ३२ राष्ट्रका खेलाडीहरु कतारमा भेला हुँदैछन् ।
विश्वकपमा सहभागि टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ ।कतार विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे