
काठमाडौँ, मङ्सिर ३ । आइतबार ( भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवारले आफूलाई मत दिने नपाउँने भएका छन् । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरूले आफूलाई मतदान गर्न नपाउँने नियम रहेको छ ।यहिँ कारणले गर्दा कतिपय उम्मेदपारल आफूलाई भोट हाल्नबाट वञ्चित भएका छन् ।
चितवन ३ का मतदाता रहेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूले आफैँलाई मतदान गर्न पाउँने छैनन् । उनी गोरखा २ बाट उम्मेदवार हुन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन २ बाट उम्मेदवार बनेपछि आफैँले आफूलाई मतदान गर्नबाट वञ्चित भएका छन् ।उनी काठमाडौँ ६ मा मतदाता हुन् ।
अध्यक्ष केपी शर्मा ओली , नेकपा (माओवादी केन्द्र)की नेत्री ओनसरी घर्ती , सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदान गर्न पाउने छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे