
डडेल्धुरा, २ मंसिर । डडेल्धुरामा प्रधानमन्त्रि शेरवहादुर देउवा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन व्रत बस्ने घोषणा गरेका हुन्।
‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नाममा केही नखाएर व्रत बस्छु, केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु, ढकालले भिडियो सन्देशमा भनेका छन्’
सागरले डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत गरेका छन्।
ढकाल गुल्मिबाट देउवा विरुद्ध उम्मेदवारी दिन डडेल्धुरा पुगेका हुन् । इन्जिनियर ढकाल आफु चुनाव जितेर कान्छो प्रधानमन्त्रि बन्ने बताउदै आएकाख छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे