
काठमाडौँ ,१ मंसिर | नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओली गणतन्त्र र संघियता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ ले सालझन्डीमा गरेको चुनाविसभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।
उनले भने , ‘ओलीजीले गणतन्त्र ल्याउने बिषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं , संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’
उनले सुकुम्बासी समस्या समाधान गर्नका लागि भूमि आयोग गठन गरिसकेको बताउदै निर्वाचन लगत्तै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे