
काठमाडौँ ,१ मंसिर | ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरू हुँदैछ ।उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।
बिहिबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो ।मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनकाे प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइदैन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे