
काठमाडौँ ,३० कात्तिक | कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी बरालको विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उनी गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत हुन् ।पोखरा–२४ का बोधराज रेग्मीले जीवनको नाम कालोसूची रहेको भन्दै उम्मेदवारी खारेजको माग राख्दै उजुरी दिएका हुन्।
उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उल्लेख छ।अझै कालोसूचीमा रहेकाले उम्मेदवार बन्न नपाउने उजुरीमा उल्लेख छ ।
उनी संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले कोषबाट ५० लाख ऋण लिएको र आज सम्म पनि उक्त रकम नबुझाको उजुरीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे