
काठमाडौँ, २९ कार्तिक । प्रथम जननिर्वाचित प्रधानमन्त्रि तथा कांग्रेसका संस्थापक विपि कोइरालाकी नातिनि बलिवुड अभिनेत्री मनिषा कोइराला काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रविन्द्र मिश्रको चुनावी प्रचरप्रसारमा ब्यस्त भएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उपाध्यक्ष मिश्रको चुनावी प्रचार प्रसारको लागी अमिनेत्री कोइराला घरदैलोमा सहभागी भएकी छन् । केही दिन अघिमात्र राप्रपालाई भोट माग्न भन्दै नेपाल आएकी अभिनेत्री कोइराला खुलेरै राप्रपालाई भोट मागेकी छन् ।
मिश्रले कोइराला घरदैलोमा सहभागी भएर साथ,समर्थन र हौसला प्रदान गरेका भन्दै आभारी ब्यक्त गरेका छन् ।
बसन्तपुरमा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था नछोडेको भन्दै खुलेर तारिफ गरेकी थिइन् । उनी राजसंस्थाको पक्षमा उभिएको बताउदै आएकी छन् ।
रविन्द्र मिश्रसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल तथा पुर्व डिआईजी रमेश खरेल मुख्य प्रतिस्पर्धामा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे